शनिबार, १५ अगस्ट २०२६

ग्वार्काेमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १८ जना घाइते (अपडेट)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। 

बिहिबार कोटेश्वरबाट सादोबाटोतर्फ गइरहेको बा २ ख ३५९० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

मृत्यु हुनेमा अन्दाजी ४० वर्षकी जेनिशा लामा रहेकी छिन्। त्यसैगरी घाइतेहरूकाे उपचार भने ग्लाेबल अस्पताल र बीएनबी अस्पतालमा उपचार भइरहेकाे छ। 

सामान्य घाइते ९ जनाकाे उपचार ग्लाेबल र गम्भीर घाइते ९ जनाकाे उपचार भने बीएनबीमा भइरहेकाे छ। थप विवरण आउन बाँकी नै छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!