बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्।
ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा आफूले गुप्तचर र सेनाको कुरा स्वीकार्दै फरक उडान र फरक विमानमा गएको स्वीकार गरेको बीबीसीले जनाएको छ।
ट्रम्पले पत्रकारहरूसँग भने, ‘म गुप्त सुरक्षा सेवा र सेनाको कुरा मान्छु। उनीहरूले मलाई फरक उडान र फरक विमानमा जान भने। मैले उनीहरूले भनेअनुसार गर्नुपर्छ।’
ट्रम्पले जुलाई ८ मा एयर फोर्स वनमा चढेको देखिए पनि त्यसपछि उनलाई खाना ओसार्ने ट्रकभित्र लुकाएर सैन्य विमानसम्म लगिएको विवरण सार्वजनिक भएको थियो।
अन्तिम समयमा गरिएको विमान परिवर्तनपछि सुरक्षाका लागि प्रयोग गरिएको अर्को विमानमा रहेका मानिसहरू जोखिममा परेका थिए कि थिएनन् भन्ने प्रश्न उठेको छ। तर ट्रम्पले मंगलबार आफू चढेको विमान नै ‘झनै ठूलो जोखिममा’ हुन सक्ने बताएका छन्। उनका अनुसार आक्रमणकारीले आफू चढेको विमानलाई नै बढी सम्भावित निशाना बनाउन सक्थे।
ट्रम्प चढेको विमानमा क्षेप्यास्त्र प्रहार गर्ने विश्वसनीय इरानी खतरा पत्ता लगाएको अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएका छन्। द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर निकायसँग नेटो शिखर सम्मेलन स्थल नजिक काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र बोकेको एक व्यक्ति देखिएको सूचना पनि थियो।
ट्रम्पलाई सम्भावित इरानी खतराबाट जोगाउन गरिएको यो गोप्य योजनाबारे विमानमा रहेका पत्रकार तथा ह्वाइट हाउसका कर्मचारीलाई समेत जानकारी थिएन।
ट्रम्पले यसअघि अंकारामा भएको शिखर सम्मेलनका क्रममा आफू इरानको ‘नम्बर एक निशाना’ रहेको बताएका थिए।
मंगलबार ओहायोमा आयोजित कार्यक्रममा सहभागी हुन एयर फोर्स वनमा रहेका बेला ट्रम्पले भने, ‘सायद त्यहाँ खतरा थियो। मैले त्यसबारे धेरै सोधिनँ। मलाई धेरै धम्कीहरू आउँछन्।’
उनले थपे, ‘तपाईंहरूलाई थाहा नभएका धेरै धम्कीहरू पनि मलाई आउँछन्।’
गत महिना गरिएको यो गोप्य विमान परिवर्तन अमेरिकाले इरानमाथि पुनः सैन्य हमला गरेको भोलिपल्ट भएको थियो। वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि सैन्य कारबाही पुनः सुरु गरेको थियो।
कसरी फेरे विमान?
ट्रम्प टर्की पुग्दा कतारले उपहार स्वरूप दिएको नयाँ बोइङ ७४७–८ विमानमा सवार थिए। उक्त विमान रेट्रोफिट गरिएको रातो, सेतो र गाढा नीलो रंगको छ।
तर, अमेरिका फर्किने क्रममा उनले आफू ‘पुरानो समयको सम्झनाका लागि’ भन्दै पुरानो एयर फोर्स वन विमान चढ्ने घोषणा गरे। उक्त विमान हल्का नीलो रंगको छ।
जुलाइ ८ मा टर्कीबाट फर्किने क्रममा ट्रम्प पुरानै एयर फोर्स वन विमान चढेको देखिएको थियो। तर, उनलाई पुरानो विमानबाट खाना ओसार्ने ट्रकमा सुटुक्क हालेर कतारले गिफ्ट दिएकै विमानमा चढाइयो।
अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार इरानको ध्यान मोड्न ट्रम्पलाई पुरानै विमान चढ्छु भनेर सार्वजनिक घोषणा गर्न लगाइएको थियो। र क्यामेराको अगाडि उनलाई सोही विमानमा राखिएको थियो। तर, उनलाई कसैले थाहा नपाउने गरी सुटुक्क निकालेर कतारले दिएको विमानमा राखेर उडाइयो।
फक्स ८ न्युजले फोटोसहित राखेको समाचारमा ट्रम्पलाई पूर्वी इंग्ल्यान्डको सफोकस्थित आरएएफ मिल्डेनहल अमेरिकी वायुसेना बेसमा पुर्याएर फेरि विमान परिवर्तन गराउँदै पुरानै एयर फोर्समा चढाइएको थियो। जसमा उनी आंकराबाट निस्कने क्रममा चढेको देखाइएको थियो।
र, अमेरिका पुग्दा उनी टर्कीबाट जुन विमानमा निस्केका थिए त्यसैबाट उत्रिँदै देखिए। जसको कारण उनले विमान परिवर्तन गरेको कसैले पत्तै पाएनन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया