बिएल संवाददाता
ग्रोथ लिडरशिप एकेडेमीले आफ्नो १०औँ संस्करणको सेल्स समिट २०२६ आयोजना गर्ने भएको छ।
भदौ ५ मा काठमाडौंस्थित द सोल्टी काठमाडौंमा हुने समिटको मुख्य विषय ‘डेटा ड्राइभ्स, सेल्स थ्राइभ’ रहेको आयोजकले जनाएको छ।
समिटमा बिक्री तथा व्यवसाय क्षेत्रमा कार्यरत व्यावसायिक व्यक्ति, व्यवसायिक नेतृत्वकर्ता तथा उद्योग विशेषज्ञहरूको सहभागिता रहनेछ।
कार्यक्रममा डेटा, प्रविधि र ग्राहकसम्बन्धी सूचनाले बिक्री क्षेत्रको भविष्यलाई कसरी परिवर्तन गरिरहेको छ भन्ने विषयमा छलफल तथा ज्ञान आदानप्रदान गरिनेछ।
यस वर्षको समिटको प्रमुख आकर्षणका रूपमा रिलायन्स जियो इन्फोकम लिमिटेडका डिभाइस तथा बिक्री विभागका प्रेसिडेन्ट डा. (मानार्थ) सुनिल दत्तको विशेष अन्तर्राष्ट्रिय मुख्य वक्तव्य रहनेछ।
उनले डेटा–आधारित बिक्री संगठन निर्माण तथा विश्वव्यापी बिक्री अभ्याससम्बन्धी आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्नेछन्।
त्यसैगरी, चर्चित सेल्स ट्रेनर तथा फ्यासिलिटेटर यतीन घरातको नेतृत्वमा अन्तरक्रियात्मक समूह छलफल सञ्चालन हुनेछ।
उक्त सत्रमा बिक्री क्षेत्रमा देखिएका चुनौती, व्यावहारिक रणनीति तथा सहकार्यात्मक सिकाइका विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान हुनेछ।
समिटमा प्रेरणादायी वक्ता, अभिनेता, भ्वाइस आर्टिस्ट तथा कम्युनिकेसन कोच विजय विक्रम सिंहले सञ्चार, नेतृत्व, दृढता तथा व्यक्तिगत उत्कृष्टतासम्बन्धी विशेष प्रेरणादायी सत्र सञ्चालन गर्नेछन्।
कार्यक्रममा नेपाली उपभोक्ताको बदलिँदो व्यवहार, ग्राहकको डेटाको जिम्मेवार प्रयोग, व्यवसायिक नेतृत्वकर्ताका सफलताका कथा लगायत विषयमा प्यानल छलफल तथा प्रस्तुति रहनेछ। साथै, सहभागीहरूलाई नेटवर्किङ र व्यावसायिक सहकार्यको अवसरसमेत प्रदान गरिनेछ।
यस अवसरमा ग्रोथ लिडरशिप एकेडेमीले दुई महत्वपूर्ण अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गर्ने भएको छ।
‘द इभोलुसन अफ सेल्स इन नेपाल: इनसाइट्स फ्रम नाइन इयर्स अफ द सेल्स समिट’ प्रतिवेदनले विगत नौ संस्करणको यात्रा, सिकाइ र प्रभाव समेट्नेछ भने ‘इमर्जिङ सेल्स ट्रेन्ड्स’ प्रतिवेदनले बदलिँदो ग्राहक व्यवहार, डिजिटल रूपान्तरण, एआई–आधारित बिक्री तथा डेटा–आधारित बिक्री अभ्यासले नेपाली बजारमा पारिरहेको प्रभाव र आगामी प्रवृत्तिबारे अध्ययन प्रस्तुत गर्नेछ।
ग्रोथ लिडरशिप एकेडेमीका अनुसार सेल्स समिट २०२६ को उद्देश्य बिक्री क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई डेटा र प्रविधिमा आधारित बदलिँदो व्यावसायिक वातावरणमा प्रभावकारी रूपमा अघि बढ्न आवश्यक ज्ञान, रणनीति र प्रेरणा प्रदान गर्नु हो।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया