बिएल संवाददाता
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै राहत सामग्रीसमेत वितरण गरेका छन्।
प्रभावित नागरिकको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिँदै शाहले राहत वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुर्याउन सरकारले स्थानीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने धारणा राखेका छन्।
त्यस्तै, सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा ढिलाइ गर्न नहुने भन्दै उनले तत्काल अन्तर्राष्ट्रियस्तरका अनुभवी उद्धार टोली र आवश्यक प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेका छन्। उद्धार कार्यलाई प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोत, साधन र विशेषज्ञताको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
शाहले विपद्पछिको राहतमा मात्र सीमित नभई प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापनाका लागि बृहत् योजना बनाउनुपर्ने आवश्यकता समेत औँल्याएका छन्। प्रभावित नागरिकको घर, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलाई केन्द्रमा राखेर सरकारले तत्काल, मध्यकालीन र दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट कार्ययोजना बनाउनुपर्ने उनको सुझाव छ।
विपद्को समयमा राज्यका सबै तह, नागरिक समाज र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको शाहले बताएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया