सोमबार, ०७ सेप्टेम्बर २०२६

झापा र दोलखाका सीडीओले दिए राजीनामा

News Image
• • •

झापा र दोलखा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी(सीडीओ)ले राजीनामा दिएका छन्।

झापाका सहसचिव शिवराम गेलाल र दोलखाका सहसचिव हरिप्रसाद घिमिरेले राजीनामा दिएका हुन्। उमेरहदका कारण अनिवार्य अवकाशको मुखमा रहेकाले राजीनामा दिएको स्रोतले बतायो।

गृह मन्त्रालय स्रोतका अनुसार उनीहरूको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको छ।

केही पहाडी जिल्लाहरू पनि सीडीओविहीन छन्। गृह मन्त्रालय स्रोतका अनुसार सचिव केदारनाथ शर्मा मंगलबार हाजिर भएका छन्। नयाँ सचिव आएसँगै यही साताभित्र सीडीओहरूको सरुवा र पदस्थापनको तयारी भइरहेको बताइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!