बिएल संवाददाता
उपचार तथा पुनर्स्थापना केन्द्रहरूको महासंघ (एफडीडीआर) नेपालका अध्यक्ष प्रशान्त शर्माले रसुवा बाढीपीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।
दुई दशकदेखि पुनर्स्थापना केन्द्रहरूको पक्षमा आवाज उठाउँदै आएका शर्माले विपद्को यस कठिन घडीमा सबैलाई मानवीय सहयोगमा जुट्न आग्रह समेत गरेका छन्।
उनले बाढीपीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न विशेषगरी पुनर्स्थापन केन्द्रहरूसँग अपिल गरेका छन्।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि उद्धार, राहत तथा खोजी कार्य जारी रहे पनि प्रभावित क्षेत्रका धेरै परिवार अझै कठिन अवस्थामा रहेका छन्।
सरकारका अनुसार हालसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको छ।
५ हजार ३ सय ९७ जना घाइते भएका छन् भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन्। साथै, १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया