बिएल संवाददाता
काठमाडौंका सार्वजनिक स्थानहरूमा मधेसी समुदायलाई लक्षित गरी होच्याउने शब्दहरू लेख्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङ जिल्लाको बाक्सिला नगरपालिका-१५ घर भई हाल काठमाडौं महानगरपालिका-३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङ छन्।
प्रहरीका अनुसार गुरुङले लामो समयदेखि काठमाडौंका सार्वजनिक स्थलहरूमा मधेशी समुदायलाई होच्याउने र घृणा फैलाउने प्रकृतिका शब्दहरू लेख्दै सामाजिक सद्भावमा खलल पुर्याउने र उक्साउने गतिविधि गर्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई आइतबार शङ्खमुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा पक्राउ गरी प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया