बुधबार, ०७ अक्टोबर २०२६

रुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

आइतबार जिल्लाको सानीभेरी गाउँपालिका – ६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेर दुर्घटना भएकाे हाे।

उक्त दुर्घटनामा चालकसहित अर्की एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

मृतकको पहिचान भने भइसकेकाे छैन।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!