बुधबार, ०७ अक्टोबर २०२६

तीजमा पशुपतिका चारवटै ढोका बिहान ३ बजेबाट खुल्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। 

यस वर्ष भदौ २९ गते परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ।

मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ।

ट्राफिक व्यवस्थापनका लागि विशिष्ठ व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ  तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!