बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीको कूटनीतिक स्वागत र तामझाम नभएको भन्दै खिसिट्युरी गरेको सुनिएको बताइन्।
उनले भनिन्, ‘मिडियामा सुनिन्छ, विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीज्यूको कूटनीतिक स्वागत र तामझाम भएन भनेर खिसिट्युरी गर्दै हुनुहुन्छ। चार दशकसम्म निरन्तर सत्ता सम्हालेर देशको अन्तर्राष्ट्रिय छवि नै शून्यमा पुर्याउनेहरूले भर्खरै प्रधानमन्त्री सम्हालेको बालेन्द्र शाहको कूटनीतिक मर्यादाको चिन्ता गर्नु अचम्म छ।’
संग्रौलाले ढिलै भए पनि देशको कूटनीतिक मर्यादा प्रधानमन्त्रीले जोगाउनुपर्ने चेतना आएको बताइन्।
उनले भनिन्, ‘ढिलै भए पनि देशको कूटनीतिक मर्यादा देशको प्रधानमन्त्रीले जोगाउनुपर्छ, त्यसका लागि देशको हैसियत उच्च हुनुपर्छ भन्ने चेतना आएछ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया