बुधबार, ०७ अक्टोबर २०२६

मदिराको तालमा आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाउने पुरुष पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

अर्घाखाँची
News Image
• • •

अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएका छन्।

सन्धिखर्क नगरपालिका–११ रामपोतका ४२ वर्षीय खिमबहादुर मुखियाले रक्सीको नसाको तालमा शुक्रबार दिउँसो घरमै रहेकी ३६ वर्षीया श्रीमती सुनिता मुखियाको शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

आगोले जलेर घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले बताए।

घटनापछि प्रहरीले खिमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!