बिएल संवाददाता
काठमाडौं उपत्यकामा श्रृंखलावद्ध रुपमा चोरीमा संलग्नहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भइ भक्तपुरको ठिमी बस्दै आएको ३६ वर्षको मनोजकुमार मोक्तान सोही ठाउँको रोकेश थिङ र सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएको आयन माझी छन्।
माझीलाई प्रहरीले घुँडामुनी गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले बताए।
उनीहरू विभिन्न मिति र समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा शृङ्खलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना, बहुमुल्य धनमाल तथा नगद लुटपाट गर्ने लगायतका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
असोज २१ गते जडिबुटी पुनमुनिबाट माझीलाई बा.प्र. ०२-०२७ प ५७७३ नम्बरको मोटरसाइकलमा सवार गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको एसपी थापाले बताए।
सुरुमा २ राउन्ड हवाइ फायर खोलेको प्रहरीले माझीलाई नियन्त्रणमा लिन असफल भएपछि तत्कालको सुरक्षा जोखिमलाई मध्यनजर गरी घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो।
प्रहरीले उनको साथबाट लुटपाटमा प्रयोग भएको मोटरसाइकल २ वटा, लुटपाटमा प्रयोग गर्न बनाइएका नम्बर प्लेट ५ थान र एउटा खुकुरी बरामद गरेको थियो।
लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी गर्ने क्रममा भक्तपुरको ठिमीबाट थप २ जना पक्राउ परेका थिए।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया