बिएल संवाददाता
साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान समर्थित हुथी विद्रोहीको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
आक्रमणमा ३०९ जना घाइते भएको साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए)ले जनाएको छ।
शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ।
जीएसीएका अनुसार मृत्यु हुनेमा ४ जना साउदी नागरिक, २ जना बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका १–१ नागरिक छन्। मृतक ३ जनाको राष्ट्रियता खुलेको छैन।
आक्रमणबाट विमानस्थलका भौतिक संरचनामा समेत क्षति पुगेको छ। घटनापछि सुरक्षा जाँच र क्षतिको मूल्यांकन गर्न विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको थियो।
रियादस्थित नेपाली दूतावासका अनुसार घटनामा हालसम्म कोही पनि नेपाली प्रभावित भएको जानकारी प्राप्त भएको छैन। साउदी अरबमा मात्र ४ लाख बढी नेपाली आप्रवासी कामदार छन्। दूतावासका अनुसार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा कति नेपालीले काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक छैन।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया