शनिबार, ०७ नोभेम्बर २०२६

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार

News Image
• • •

नेपाली सेनाले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरेको छ। 

सेनाको एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोली उद्धारमा खटिएको छ।

आइतबार मध्याह्न १२ बजेसम्मको विवरण अनुसार जगत क्षेत्रबाट ६ जना, न्याकफेदीबाट ९ जना तथा यारुबाट १जना शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनागरी हालसम्म ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

त्यस्तै, अन्य सुरक्षा निकाय र सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार गरिरहेको पनि सेनाले जनाएको छ।

बूढीगण्डकी नदीमा आएको बाढीपछि गोरखा, धादिङ, तनहुँलगायतका जिल्ला प्रभावित छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!