शनिबार, ०७ नोभेम्बर २०२६

बुढीगण्डकी बाढीले बगायो स्याउली बजारको ‘सुकुम्बासी बस्ती’

News Image
• • •

बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ। 

नदी तटीय क्षेत्रसँग जोडिएको बस्ती बुढीगण्डकीमा आएको सिमेन्ट र बालुवाको घोला जस्तो लेदो बाढीले बगाएको हो।

बाढीले सुकुम्बासी बस्ती पुरै बगाएको त्रिपुरासुन्दरी गाउँपालिका–२ कृष्ण बहादुर खत्रीले जानकारी दिए।

सुकुम्बासी बस्ती र स्याउली बजार गरि करिब ६० घरमा क्षति पुगेको खत्रीले जानकारी दिए।

बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुल पनि बगाएको छ। पुलको गोरखातर्फ आधा भाग बगाएको छ भने धादिङतर्फको सडकमा बाढी उक्लिएको छ। तटीय क्षेत्रका घरहरूमा पनि क्षति पुगेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!