बिएल संवाददाता
बूढीगण्डकीमा बाढी आउनुअघि यसको सहायक नदी स्यार खोलामा मिसिने उङ्गिलुङ खोलामा सुख्खा पहिरोले खसेको खुलेको छ।
गोरखाको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार उङ्गिलुङ खोला आसपासका स्थानीयले पहिरोका कारण आइतबार बिहान ४ बजेर २५ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरेका बताएका छन्।
ठाडो खोलामा पहिरोले थुनिएको ताल केही समयपछि फुटेर स्यार खोला हुँदै बुढीगण्डकीमा मिसिएको उनले बताए।
आइतबार बिहान बूढीगण्डकी बाढीलगत्तै हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्र अवलोकन गर्न पुगेका टाइम्स इनर्जी प्रालिका प्रबन्ध निर्देशक सुशील थापाका अनुसार पनि बाढी स्यार खोलाको सहायक नदी उङ्गिलुङ खोलाबाट सुरु भएको देखिन्छ।
उनले उङ्गिलुङ खोलामा पहिरो खसेको तस्बिरहरू पनि खिचेका छन्। पहिरोले थुनिएको उङ्गिलुङ खोला स्यार खोलाको बायाँ किनारमा पर्ने सानो सहायक खोला हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चुमनुव्री–५ लोक्पादेखि उम्लिङको बीचमा ठूलो पहिरो गएको बताएको छ। यसबाहेक सरकारी तहबाट बाढीको उद्गम स्थलबारे ठोस जानकारी सार्वजनिक भइसकेको छैन।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया