शनिबार, १४ नोभेम्बर २०२६

डा गोविन्द केसीलाई इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इलाममा अनशनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका केसीकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ ल्याइएको हो।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुने केसीको सचिवालयले जनाएको छ।

कात्तिक १४ गते राति अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कमी रहेको र पिसाबमा ‘एसिटोन’को मात्रा बढेको पाइएको थियो।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!