शनिबार, ०७ नोभेम्बर २०२६

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका चार कैदी भेटिए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं।
News Image
• • •

डोल्पा जिल्ला कारागारबाट भागेकामध्ये चारजना भेटिएका छन्। उनिहरूलाई प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।

केही दिनअघि सुरुङ खनेर कारागारबाट निस्किएका आठ जना कैदीमध्ये चार जना मंगलबार र बुधबार बिहान पक्राउ परेका हुन्। दुईजनालाई प्रहरीले मंगलबार रुकुम पश्चिमबाट र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जनालाई नियन्त्रणमा लिएको हो।

बुधबार बिहान ३ बजे त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेका छन्। उनीहरूलाई पक्राउ गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।

यसअघि मंगलबार रुकुम पश्चिमबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना पक्राउ परेका थिए।

कारागारबाट फरार भएकामध्ये अब डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी फरार रहेका छन्।

गत कात्तिक १४ गते राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!