शनिबार, ०७ नोभेम्बर २०२६

आइपुगे भारतीय विदेश सचिव, प्रधानमन्त्रीसँग पनि भेट्ने तयारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं।
News Image
• • •

भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणमा आइपुगेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनि दुई दिनका लागि नेपाल आएका हुन्।

बुधबार बिहान उनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपालका लागि भारतीय राजदूतलगायतले स्वागत गरेका थिए।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा तथा पारस्परिक हितका विषयमा विचार आदानप्रदान हुनेछ।

दुई देशबीचको लामो समयदेखिको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले वार्ता हुन लागेको मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तित्वसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। उनि बिहीबार साँझ नयाँदिल्ली फर्किनेछन्।

नेपालमा रहँदा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। केही सातापछि प्रधानमन्त्री शाहले भारतको औपचारिक भ्रमणको तयारी पनि परराष्ट्र मन्त्रालयले गरिरहेको छ।

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!