बिएल संवाददाता
सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज विज्ञप्ति जारी गर्दै नेपाली र नेपालीको हित संरक्षण गर्न तथा प्रचलित कानुनको पालना गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने मन्त्री शर्माले बताइन्।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने उक्त कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्री शर्माले उल्लेख गरेकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया