बिएल संवाददाता
गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ।
पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिएका छन्। घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताएका छन्।
हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड–१९ का कारण प्रभावित भएको थियो। महोत्सवका क्रममा पुरुष भलिबल प्रतियोगिता, नृत्य, दोहोरीलगायत प्रतियोगिता आयोजना हुनेछन्। महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया