शनिबार, १० अक्टोबर २०२६

क्यानडामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु 

Picture: OPP West Region
• • •

कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन कार ठोक्किएका थिए। 

कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको एनआरएन क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए। उनीहरु दुवै जना अविवाहित भएको बुझिएको छ। 

उनीहरु लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए। दुई वर्षअघि क्यानडा पुगेका उनीहरु बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको दुलालले बताए।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!