बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राई (जीबी राई) माथि छानबिन थालेको हो।
यस क्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ।
चिठीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ।
राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरील उनविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ।
लामिछाने राईका व्यापारिक साझेदार हुन्। ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए।
विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।


यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया