शनिबार, १७ अक्टोबर २०२६

अमेरिका पठाइदिने भन्दै राताे पुलमा ३ महिनादेखि ३० जना बन्धक, प्रहरीले गर्‍यो उद्धार

File Photo
• • •

अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ।

प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए।

स्थानीयको सूचनाका आधारमा बुधबार काठमाडौँ प्रहरीले उनीहरूलाई उद्धार गरेको हो।

बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेका थिए।

उनीहरूलाई कुटपिट गर्दै आफन्तहरूसँग ‘हामी अमेरिका पुगिसक्यौँ’ भन्न लगाएको पीडितहरू प्रहरीलाई भनेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!