शुक्रबार, १६ अक्टोबर २०२६

दाङ दुर्घटना अपडेटः स्कारपियोको ठक्करबाट घाइते भएकी बिपनाको पनि मृत्यु 

News Image
• • •

दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट घाइते भएकी बिपना केसीको पनि मृत्यु भएको छ। यसअघि उनकी दिदी राधा बस्नेतको मृत्यु भएको थियो। 

उनीहरू सवार साइकललाई बुधबार साँझ साढे ४ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३–०१०२२ च १३६९ डब्बल क्याप स्कारपियोले पूर्व–पश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ पिपरी ठक्कर दिएको थियो। 

स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएकी दिदी राधाको ४ः५५ बजे लमही अस्पतालमा मृत्यु भएको थियो। बहिनी बिपनाको भने क्रिमसन अस्पताल रुपन्देहीमा उपचारको क्रममा ७ः५० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए। 

गाडी तीब्र गतिमा रहेका कारण साइकललाई ठक्कर दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ठक्कर दिने गाडीका चालक फरार रहेका छन्। मृतक दुवैको शवलाई मृत्यु भएकै अस्पतालमा राखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!