बिएल संवाददाता
अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा भएको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले उद्धारसमेत गरेको छ।
विशेष सूचनाका आधारमा ११ जनलाई उद्धार गरिएको र बन्धक बनाउने कार्यमा संलग्न ७ जनालाई पनि नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए।
दलाले घरभित्रै थुनेर यातनासमेत दिने गरेको प्रहरीसमक्ष पीडितहरुले बताएका छन्। उनीहरूलाई कुटपिट गर्दै आफन्तहरूसँग ‘हामी अमेरिका पुगिसक्यौँ’ भन्न लगाएको पीडितहरूले प्रहरीलाई भनेका छन्।
रातो र सेतो पुलकोबीचमा रहेको एउटा कोलोनीमा रहेको घरमा उनीहरूलाई बन्धक बनाइएको थियो। त्यहाँबाट उद्धार भएलगत्तै समाचार स्रोतले दिएको जानकारी अनुसार बिएल नेपाली सेवाले यसअघि अमेरिका पठाइदिने भन्दै रातो पुलमा ३ महिनादेखि ३० जना बन्धक, प्रहरीले गर्यो उद्धार शिर्षकमा समाचार प्रकाशित गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया