मङ्गलबार, १५ सेप्टेम्बर २०२६

अब भारतमा रहेका नेपालीले भारतीय सिमकार्ड सहजै पाउने

News Image
• • •

भारतमा रहेका नेपालीले अब सहजै भारतीय सिमकार्ड पाउने भएका छन्। 

आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा नेपालीले भारतीय सिमकार्ड लिन पाउनेछन्। 

यसअघि नेपाली नागरिकहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो। नेपालको अनुरोधपछि भारतले सहजै सिमकार्ड पाउने व्यवस्था गरेको हो। 

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!