मङ्गलबार, ०८ सेप्टेम्बर २०२६

एनसेल खरिद-बिक्रीबारे समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइने

File Photo
• • •

सरकारले एनसेलको शेयर खरिद बिक्री  प्रकरणबारे छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा पठाउने निर्णय गरेकाे छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेको मंगलबार विज्ञप्तिमार्फत जानकारी गराइएकाे हाे।

यसैगरी नेपाल र श्रीलङ्काबीच अफिसियल राहदानी बाहकहरूलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने भएकाे छ।

सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेकाे छ भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने भएकाे छ।

यस्तै सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौँ, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयहरूमा आर्थिक वर्ष २०८०/८१ को पुस १ गतेदेखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृतस्तरका २३ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएकाे छ।

सरकारले स्थानीय तह मातहत रहेका आँपपिपल अस्पताल, गोरखा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बाग्लुङलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!