शुक्रबार, १६ अक्टोबर २०२६

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान अघि बढाउन गृहमन्त्रीकाे निर्देशन

File Photo
• • •

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई यस्तो निर्देशन दिएका हुन्।

गृह स्रोतका अनुसार गृहमन्त्रीले बाँसबारीको १० रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन्।

गृहमन्त्रीकाे निर्देशनपछि सीआइबीले बिनोद चौधरीसँग बयान लिने भएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!