बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विमानस्थल सरसफाइ सुपरभाइजर सुशीला पाण्डे रहेको विमानस्थल भन्सार कार्यालय स्रोतले बतायो। ‘अनुसन्धानका लागि उनीलाई पक्राउ गरिएको छ,’ स्रोतले बिएल नेपाली सेवासँग भन्यो।
मंसिर २१ गते दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थि। उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए।
सुनसहित आएको सूचनापछि भन्सार कार्यालयले उनलाई पक्राउ गरेको थियो।
सरकारले १४ किलो सुन प्रकरण अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ।
समितिले सुन ल्याउनमा सरसफाइ सुपरभाइजर पाण्डेको संलग्नता देखिएपछि बुधबार पक्राउ गरेको हो।
१४ किलो सुन प्रकरणमा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका छन्। सुन ल्याउँदै गर्दा चन्द्र घलेले सुन मीनबहादुरको भनेपछि उनी पनि पक्राउ परेका हुन्।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया