बिएल संवाददाता
जिल्ला कारागार कार्यालय चितवनमा रहेका १ सय ११ कैदीबन्दी बिरामी परेका छन्। उनीहरूलाई विभिन्न रोगको संक्रमण देखिएको छ।
१ सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचाप देखिएको छ। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने।
कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ।
अहिले कारागारमा मधुमेहका २६, थाइराइडका ३, मुटुरोगी ४, एचआइभी सङ्क्रमित ४, छारेरोगबाट पीडित ४, मानसिक रोगी ५, हेपाटाइटिसबाट पीडित ३ तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन्।
जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, २ ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ।
अहिले कारागारमा क्षमताभन्दा झण्डै २ सय बढी कैदीबन्दी राखिएको छ।
कारागारमा ४ सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि ६ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा ४ आश्रित बालबालिका गरी ७ सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया