शनिबार, १५ अगस्ट २०२६

महिलाको चरित्रहत्या गरेकाे आराेपमा एक जना पक्राउ

News Image
• • •

महिलालाई दुव्र्यवहार गर्ने एक पुरुष पक्राउ परेका छन्। सामजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा गुल्मीको सत्यवती गाउँपालिका–७ का ४४ बर्षीय डिलबहादुर गलामी पक्राउ परेका हुन्। 

उनले एक महिलालाई म्यासेन्जरमा साथी बनाइ कुराकनी गर्ने, स्क्रिन रेकर्ड गरेर अश्लील सन्देश पठाउने गरेको प्रहरीमा उजुरी परेको छ। प्रहरीमा उजुरी परेपछि उनलाई प्रहरी प्रधान कार्यालय साइबर व्यूरोको टोलिले सोमबार बाँकेबाट प्रक्राउ गरेको थियो।

उनलाई मंगलबार काठमाडौँ अदालतमा म्याद थप गरी अनुसन्धान थालिएको साइबर व्यूरोका सूचना अधिकारी पशुपति कुमार रायले बताए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!