बिएल संवाददाता
नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ।
कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो।
मिर्गौला रोगपीडितसमेत रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए।
उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो। दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनी दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए।
विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएको थिए। कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिएका न्यौपाने साविकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया