बिएल संवाददाता
मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारण सभाले मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।
सो समितिको उपाध्यक्षमा वरिष्ठ समाजसेवी आभा अनुपमा र पङ्कज वर्मा, महासचिवमा राकेश देव, सचिवमा भाष्कर चौधरी र अजय कर्ण, कोषाध्यक्षमा मीरा देव र सदस्यहरुमा प्रकाश प्रेमी, पुनम सिंह, वन्दना चौधरी, वीरेन्द्रकुमार झा, दीपेन्द्र स्वर्णकार, रोजी झा, सरिता साह र मञ्जु मिश्र निर्वाचित भएका छन्।
निर्वाचन समितिका संयोजक शिवनारायण पण्डित सिङ्गलले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा कोशी प्रदेशसभाका पूर्वसदस्य जयराम यादवसहितका वक्ताहरूले मैथिली भाषा र भाषिक अधिकार सम्बन्धित अनेकौँ ध्येय विषयवस्तुमा एसोसिएसनले अभियान सञ्चालित गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए।
नेपालको नयाँ राजनीतिक परिदृश्य र खास गरी सङ्घीयता लागू भएपछि स्थानीय निकाय र प्रदेश सरकारको कामकाजको भाषाका रूपमा कोशी प्रदेश र मधेस प्रदेशका साथ अन्य प्रदेशमा पनि मैथिली भाषीहरुको हकहित, मैथिली भाषा (साहित्यको शिक्षामा समावेश र सामाजिक) सांस्कृतिक व्यवहारमा मैथिली भाषाको प्रयोग र संवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मैथिली एसोसिएसन नेपालले सम्पूर्ण भाषा भाषीलाई गराएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया