बिएल संवाददाता
मुगुको सोरु गाउँपालिका-९ स्थित खनया स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही जातीय विभेदको आरोपमा पक्राउ परेका छन्।
स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
सुरजविरुद्ध पीडित तुलसाले आइतबार प्रहरीमा जाहेरी दिएकी दर्ता भएर पक्राउ पुर्जी नै जारी भएको थियो।
उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिएका छन्।
पीडित तुलसालाई सुरजकी आमा झ्यापुको पक्ष लिई डेरा छोड्न दाबाब दिएको, जातीय आधारमा स्वास्थ्य चौकीको क्वाटरमा बस्न नदिएको जाहेरीमा दाबी छ।
जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ।
घटना बाहिर आएपछि इन्चार्ज शाहीले सामाजिक सञ्जाल फेसबुकमा समेत जातीय विभेद हुने पोस्ट गरेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया