बिएल संवाददाता
पातारासी गाउँपालिका वडा -४ लुम स्थित भत्किएकाे काठेपुल पुर्ननिर्माण भएको छ।
करिब दुई महिनाअघि भत्किएकाे उक्त पुल स्थानीयकाे सक्रियता र पालिकाकाे लगानीमा पुन: सञ्चालनमा आएकाे हाे।
पुल भत्किएकै भाेलिपल्ट अनुमग गरेर पालिकाले ५ लाख छुटाएकाे थियाे। तर लुमगाउँका स्थानीय सबैले काम गर्न पाउनु पर्ने, पालिकाले थप बजेट छुटाउनु पर्ने माग राखेपछि निर्माणमा ढिलाई भएकाे थियाे।
पुल सञ्चालनमा आएपछि पातारासी उपल्लाे क्षेत्र पेरे, तल्फी, छुमचाैर, हुरी महरी, गडीगाउँ लगायतका स्थानीय खुसी भएका छन्।
महिनादिन सदरमुकाम, पालिका केन्द्र आउन नपाएका, सवारी साधन थन्कीएका कारण मर्कामा परेका स्थानीय पुल सञ्चालनपछि उत्साहित छन्। पातारासीका वडा नं १,२ र ३ का दर्जन गाउँलाई पालिका केन्द्र र सदरमुकाम जाेड्ने लुम पुल भत्किएपछि समस्या आएको थियो।
गाउँपालिकाले समन्वय गरेपछि स्थानीय बासीकै सक्रियता पुल निर्माण भएर आइतबारदेखि सञ्चालनमा आएकाे पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बाेहाेराले बताए।
'पुल भत्किदा पातारासीकाे उपल्लाे क्षेत्र वडा नं १,२ र ३ का दर्जनाै बस्तिका नागरिकलाई आउजाउमा समस्या थियाे,' उनले भने, 'स्कुले बालबालिका जाेखिम माेलेर विधालय जान बाध्य थिए। भने सवारी बन्द हुँदा उस्तै मार थियाे। केही ढिला भएपनि पुल सञ्चालनमा आयाे। खटिने सबैलाई धन्यबाद।'
सक्रिय रुपमा खटिएर काठ काट्नेदेखि, पुर्ननिर्माण गरि पुल सञ्चालनमा ल्याउने सबै सर्वसाधारणलाई पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया राेकायाले धन्यबाद दिएकी छन्।
सामाजिक विकासमा सरकारी बजेट मात्र ताक्ने भन्दा श्रमदान गर्ने भावनाकाे विकास हुन जरुरी रहेकाे उनकाे भनाइ छ।
'पुल भत्किएकै भाेलीपल्ट अनुगमन गरि ५ लाख छुटाएपनि नागरिककाे आपसी विवादले ढिला भयाे,' उनले भनिन, 'थाेरै ढिला भएपनि पुल सञ्चालनमा आयाे। जाेखिम माेलेर सयाै मान्छे हिड्थे कुनै घटना घटेन् खुसीकाे कुरा यहि भयाे।'
उनका अनुसार नागरिकले सामाजिक विकास प्रति सकरात्मक धारणा राखेकाे खण्डमा समृद्द पातारासी बनाउ सकिन्छ। तर यहाँ खुट्टा काट्ने,सबैले लाभ लिन खाेज्ने चलन। जसले विकासमा बाधा पुर्याएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया