बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटकाल घोषणा गरेरै भए पनि पूर्वाधार निर्माणलाई गति दिने बताएका छन्।
‘अब सरकारको कार्यशैली बदलिने छ। केही महत्वपूर्णबाहेक म अरु बाहिरका कार्यक्रममा जाने छैन। सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दू हुनेछ’, राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘पूर्वाधार विकासमा जताततै समस्या देखिएका छन्। रुख कटान, जग्गा प्राप्तिमा समस्या छन्। एउटा एउटा कामलाई बेग्लाबेग्लै डालोमा राख्नुभन्दा सबै सरोकारलाई राखेर पूर्णता दिन लाग्नेछु।’
उनले ती आयोजनाहरूको काम सम्पन्न गर्नका लागि संकटकालै लगाएर भए पनि अघि बढ्ने घोषणा पनि गरे।
‘आयोजनाका कामहरू सक्नका लागि संकटकाल लगाएरै भए पनि अघि बढिनेछ’, उनले भने ‘ठूला आयोजनाहरूमा अब दुई सिफ्टमा काम हुनेछ र त्यसलाई ‘ब्यारेक मोडेलमा लगिनेछ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया