बिएल संवाददाता
आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गरेको छ।
विभिन्न माग गर्दै आम सम्पर्क मञ्चले सुरू गरेको दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार ११औँ दिन पनि काठमाडौँ त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ।
आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्नेलगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ।

आन्दोलनमा सहभागी आजपा उपाध्यक्ष तिलक थापाले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्नुपर्ने बताए।
‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो? यो आम जनताले जान्न जरुरी छ। यो ४५ प्रतिशत पुरस्कारको व्यवस्था खुलेआम लुट हो, किनकी यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुग्छ। यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ’, उपाध्यक्ष थापाले भने।
यसअघि आन्दोलनमा सहभागीहरुले ‘हाम्रो माग पुरा गर, चोर मन्त्री कुर्सी छोड, राजस्व लुटन पाइँदैन,’ जस्ता नारा लगाउँदै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत माग गरेका छन्।

आजपाको आह्वानमा सुरू भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दासमेत सरकारले कुनै सुनुवाइ नगरेकोले आन्दोलनकारीहरुले गुनासाे गरेका छन्।
आजपा केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन्। आफूहरुको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने उनले बताइन्।
आफूहरुको चरणबद्ध आन्दोलन जारी नै रहेको भए पनि सरकारले माग सम्बोधनमा ढिलाइ गरेकोप्रति समितिका संयोजक साहले दुख व्यक्त गरेकी छन्। सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म शान्तिपूर्ण आन्दोलन अगाडि बढिरहने उनले बताइन्।
भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध विभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुँदैआएको छ। कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग आन्दोलनकारीको छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया