बिएल संवाददाता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री आचार्यले ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन यापनमा सघाउनु समाजका सबै वर्गको दायित्व भएको बताए। उनले भने, “ज्येष्ठ नागरिकको विज्ञता, अनुभव, सीप र दक्षता राष्ट्रका निम्ति सधैँ उपयोगी छन्। उहाँहरूको सम्मानजनक जीवनयापनको वातावरणको निर्माण गर्नु हामी सबैको कर्तव्य हो।”
उक्त मन्त्रालयका सचिव सुमनराज अर्यालले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामात्र नभई उनीहरुको आत्मसम्मानमा आँच आउने काम कहिँकतैबाट भएमा त्यसो गर्नेलाई दण्डित गर्नुपर्ने बताए।
काठमाडौँ मेडिकल कलेजका डा अनन्त अर्यालले ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै बुढ्यौली रोग नभई अवस्था भएकाले पूर्ण सन्तुलित आहार, शारीरिक व्यायाम, योग ध्यान, सक्रिय जीवनशैली, पर्याप्त शयनमा ध्यान दिनुपर्ने सुझाव दिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया