बिएल संवाददाता
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाकाे सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ।
जिल्ला अदालत काठमाडौँमा परेकाे उक्त मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हाे।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।
सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि आज पनि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया