शनिबार, १८ जुलाई २०२६

एनसेलले बिक्री गरेको सेर रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

News Image
• • •

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलले बिक्री गरेको सेयर रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश पुरुषेत्तमप्रसाद ढकालको इजलासले यस्तो आदेश जारी गरेको हो।

खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!