बिएल संवाददाता
स्वास्थ्य स्वयंसेविकाहरुले राज्यले आफुहरुको सम्मान नगरेको गुनासो गरेका छन्। २०औँ राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका छन्।
स्वास्थ्य तथा नजसंखया मन्त्रालयको आयोजनामा मंगलबार भएको कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले जहिल्यै राज्यले आफूहरुमाथि विभेद गर्दै आएको बताए।
नेपाल स्वास्थ्य स्वयमसेवी संघकी केन्दीय अध्यक्ष गीता थिमले स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मान हुन नसकेको गुनासो गरिन्।
‘हामीले काम पानी नभनेर समुदायमा रहेर काम गर्दै आइरहेका छौँ,’ उनले भनिन्, ‘३० वर्षसम्म काम गरेर विदाइ हुँदै गर्दा २० हजार पैसा दिएर पठाउँदा हामीलाई कस्तो हुन्छहोला? यो सरकारले हामीले विभेद गरेको होइन?’
थिमले स्वास्थ्य सवयंसेविकाको विदाइ गर्दा सरकारले एक लाख रुपैयाँ दिएर बिदाइ गर्नु पर्ने तथा खाना, भत्ताको खर्चको व्यवस्था पनि हुनुपर्ने माग गरिन्।
२०४५ सालबाट स्वास्थ्य सेयंसेविकाको सम्मान लागि हेरक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइन्छ।
अहिले ७७ जिल्लामा ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया