शनिबार, ०८ अगस्ट २०२६

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

News Image
• • •

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बिहीबार बिहान बस दुर्घटना भएको हो। 

वीरगञ्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ। 

घाइते ३२ जनाको उद्धार गरी स्थानीय विभिन्न अस्पतालमा पठाइएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!