बिएल संवाददाता
या–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपलिका–११ आलोकनगरमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो।
कार्यालयको उद्घाटन गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालभरको याक चौँरी व्यवसायहरुको साझा थलो रहेको महासंघलाई पर्यटनको क्षेत्रबाट सहकार्य गर्दै सरकारबाट हरसम्भव सहयोग गरिने बताए।
‘कृषिको दृष्टिकोणले याक–चौरी हाम्रो किसानहरुको मौलिक परम्परागत पेशा हो’, उनले भने, ‘उच्च हिमाली भेगमा पालिने याक–चौँरी स्वभाविक रुपले प्रकृतिक रुपले जोडिएको छ।’
याक–चौँरी पालनलाई सँस्कृति र पर्यटनसँग जोडने र उत्पादनलाई विश्व बजारसँग जोड्न सकियो भने यो पेशाको संरक्षणसहित नेपालको आर्थिक विकासमासमेत टेवा पुग्ने किरातीले बताए।
उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमसँग जुधिरहेका याक, नाक तथा चौँरी र सम्बन्धित कृषकका लागि महासंघले प्रमुख भूमिका खेल्ने पशुसेवा विभागका महानिर्देशक उमेश दहालले विश्वास व्यक्त गरे।
त्यस्तै इसिमोडका प्रतिनिधि डा. टाशी दोर्जीले याक हिमाली सँस्कृतिको हिस्सा भएकाले पनि यसको पर्यावरणीय र पर्यटकीय महत्वकोबारे चर्चा गरे। यो पेशालाई एग्रो–टुरिजमसँग जोडेर त्यसलाई ब्रान्डिङ गरेर लैजानलाई इसिमोड सहकार्यको लागि तयार रहेको उनले बताए ।
जलवायु परिवर्तनका कारण निम्तिएका जोखिम एवं कृषकको लगानी सुनिश्चित नहुनाले घटिरहेको याक तथा चौँरीको संख्या बृद्धि गर्न यस्ता कार्यक्रम फलदायी हुने समेत उनको भनाइ छ।
याक–चौँरी कृषक महासंघका अध्यक्ष दावा साङ्ग्बु शेर्पाले संस्थाको उद्देश्य र भावी योजना संक्षिप्त रुपमा प्रकाश पारेका थिए।
नेपालभर २९ जिल्लामा याक तथा चौँरी पालन हुँदै आएको छ। यी क्षेत्रमा आवद्ध सम्पूर्ण पशुचरणमा आवद्ध देशैभरका कृषकलाई एक्यवद्दता गर्दै लाने र सँस्कृतिको पुस्तान्तरण गर्नसमेत महासंघ सशक्त ढंगले अगाडि बढ्ने उनले बताए।
गत असोजमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागसँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले काठमाडौँमा दुई दिने कार्यक्रम गरी महासंघको विधान २०८० जारी गर्दै संस्था गठन प्रक्रियालाई औपचारिकता दिएको थियो।
याक–चौँरी संघको ११ जिल्लामा कार्यसमिति गठन भएपछि बुधबार काठमाडौँमा एक कार्यक्रममार्फत महासंघ गठन गरिएको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया