बिएल संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन्।
आज यहाँ नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको जानकारी दिए।
आयुर्वेदिक उपचार महत्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उनको भनाइ थियो।
त्यस अवसरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा श्यामबाबु यादवले अस्पतालको भौतिक पक्ष थप बलियो बनाउन र जनशक्ति वृद्धि गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे। उनले निकट भविष्यमै यस अस्पतालमा सिटिस्क्यान सेवासमेत सुरु गर्ने तयारी रहेको जानकारी दिए।
अस्पतालमा निःशुल्क उपलब्ध हुने शय्या बढाएर १५ बाट २५ पुर्याइएको जानकारी दिँदै सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताए। अस्पताललाई आगामी दिनमा अन्तर्राष्ट्रिय अस्पतालका रुपमा विकास गर्नका लागि निरन्तर प्रयास भइरहेको पनि उनको भनाइ थियो। अस्पताल १९७४ सालमा स्थापना भएको थियो। हाल अस्पतालमा एक सय १८ शय्या छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया