शनिबार, १० अक्टोबर २०२६

नागढुंगाबाट दुई किलो सुन बरामद, ३ जना पक्राउ

File Photo
• • •

काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरिएकाे छ।

उपत्यका अनुसन्धान कार्यालयको विशेष टोलीले शुक्रबार नागढुंगामा चेकजाँच गर्ने क्रममा दुई किलो सुन बरामद गरेकाे हाे।

रसुवाबाट काठमाडौँतर्फ आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कोर्पियोबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका २८ वर्षीय ग्यालसिंह तामाङ, २६ वर्षीय वीरु तामाङ र स्याफ्रुबेसीका २१ वर्षीय सुनिल भुजेल रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!