बिएल संवाददाता
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल पाँच महिनामै सरुवामा परेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरूवा गरेको हो।
मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त विभागको जिम्मेवारी दिएको हो । पाँच महिनाअघि वैदेशिक रोजगार विभागको नेतृत्व सम्हालेका दहालले मेनपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्नेदेखि निलम्बन गर्ने सम्मको काम सहित वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको काम गर्दै थिए।
म्यानपावरवालाहरु उनको सरुवा गर्ने शक्तिकेन्द्र धाइरहेका थिए। अन्तत म्यानपावरका मालिकहरुको चाह पूरा भएको छ।
दाहाल यस अघि राजश्व अनुसन्धान विभागमा हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको ९ अर्ब राजश्व छलीविरुद्ध अनुसन्धान गरिरहेका थिए।
अनुसन्धान अन्तिम चरणमा पुर्याउँदा उनलाई त्यहाँबाट हुत्याएर श्रममा पुर्याइएको थियो। श्रम मन्त्रालयमा तीन महिनासम्म अतिरिक्तमा थन्काइएका दाहाललाई पाँच महिना अघि वैदेशिक रोजगार विभागमा पठाइएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया