तेजन खड्का
चर्चित लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जाको भीरकोट नगरपालिका-२ मा दुर्घटनामा परेको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१च ४१७१ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा गायक शर्मालाई सामान्य चोट लागेको छ। ‘खासै केही भएको छैन,’ उनले भने, ‘देब्रे हातमा थोरै चोट लागेको छ। भोलि काठमाडौं गएर ठिक गरिजान्छु। ग्रह कट्यो।’
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेका अनुसार गाडी अनियन्त्रित भई सडकमै दुर्घटना भएको हो र घटना सामान्य हो।
शर्मा हाल चिकित्सकीय परीक्षणका लागि तयारी अवस्थामा छन् र पूर्ण स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया