मङ्गलबार, २१ जुलाई २०२६

झापामा कुखुराको पोथी करणीको आरोपमा ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

News Image
• • •

झापाको हल्दिबारी गाउँपालिका–४ जलथलमा कुखुराको पोथीलाई करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती पुरुषलाई आफ्नै घरमा पालेको पोथीलाई करणी गर्ने क्रममा रंगेहात पक्राउ गरिएको हो।

प्रहरीका अनुसार ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्ने प्रयास गरिरहेका बेला उनकी श्रीमतीले देखेकी थिइन्। श्रीमतीले तत्काल घटनाबारे प्रहरीलाई जानकारी दिएकी थिइन्, त्यसपछि प्रहरी टोली घटनास्थलमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनाको पुष्टि भएको जनाएको छ। करणीका कारण कुखुराको पोथीको मृत्यु भएको पनि प्रहरीले जनाएको छ। अहिले आरोपीलाई जिल्ला प्रहरी कार्यालय झापा ल्याएर थप अनुसन्धान भइरहेको छ।

पशुजन्य यौन दुर्व्यवहार नेपालको प्रचलित कानुनअनुसार आपराधिक अपराध मानिन्छ। यस्तो कार्यमा संलग्न व्यक्तिलाई कैद र जरिवाना दुवै सजायको व्यवस्था छ।

स्थानीय बासिन्दाहरूले घटनाप्रति घोर आपत्ति जनाउँदै यस्ता अमानवीय र घृणित कार्यले समाजमा गलत सन्देश जाने भन्दै कानुनी कारबाही कडा गर्न माग गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!