शनिबार, ०८ नोभेम्बर २०२५

सुनसरी दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो

News Image
• • •

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जमुवा टोलमा भएको भयानक दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या चार पुगेको छ।

सोमबार बिहान मातृ भाग्यरेखा बस र माइक्रो बस एकआपसमा ठोक्किएका थिए।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगर जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो विङ्गर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार माइक्रोले ओभरटेक गर्न खोज्दा तीव्र गतिको कारण दुर्घटना भएको हो। 

दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएको छन्। मृतकको सनाखत भइसकेको छैन।

घाइतेलाई उपचारको लागि विराटनगर पठाइएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!